५ साउन, दमक ।

बिहीबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ ।
तोलामा आज सुन ९३ हजार रुपैयाँमा झरेर कारोबार भइरहेको छ । हिजो ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको भाउ घेसँगै चाँदीको भाउ पनि घटेको छ ।
तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

