adv

आज प्रदेश सभा बैठक : नामाकरण बारे छलफल हुने सम्भावना न्यून

८ साउन, विराटनगर ।

विराटनगरस्थित प्रदेश नम्बर १ को प्रदेश सभा भवन ।

प्रदेश नम्बर १ प्रदेश सभाको बैठक आज आइतबार दिउँसो १ बजे बस्दैछ ।

प्रदेश नम्बर १ को नामाकरण राख्नै पर्ने दवाव र सडकमा नामाकरण बारे विभिन्न माग राख्दै चर्किंदै गएको आन्दोलनका बीच प्रदेश सभा बैठक बस्न लागेको हो ।

प्रदेश सभा संसद सचिवालयका अनुसार आजको बैठकमा प्रदेश सभामा छलफलमा रहेको प्रदेश सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि सम्बन्धित मन्त्रीले जवाफ दिने र प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई टेबल गरि छलफल अगाडि बढाउने सम्भावना रहेको छ ।

प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले प्रदेश सभाको बजेट अधिवेशन जारी रहेको बताएका छन् । यसै अधिवेशनबाट प्रदेशको नामकरण टुङ्गोमा पुर्याउने भनिए पनि दलहरुबीच ठोस सहमति भने भएको छैन ।

गत असार १९ गते प्रदेशको बजेट पारित गरेर स्थागित भएको प्रदेश सभा बैठक आज बस्न लागेको हो ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु