adv

आज संघीय संसद्मा ३ वटा विधेयक प्रस्तुत हुँदै

८ साउन, दमक ।

;f]daf/ ;+3Lo ;+;b\sf] ;+o’Qm a}7sdf cfly{s jif{ @)&%÷@)&^ sf] gLlt tyf sfo{qmd k|:t’t ;df/f]xdf ;xefuL ;f+;bx? . tl:a/ M gjLg kf}8]n , /f;;

प्रतिनिधि सभा (संघीय संसद)को बैठक आज आइतबार दिउँसो १ बजे बस्दैछ ।

आजको संसद् बैठकमा कारागार विधेयक २०७८ सहित अन्य दुई विधेयक प्रस्तुत हुने संसद् सचविालय स्रोतले जनाएको छ ।

बैठकको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाडले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक २०७६ माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

सरकारले बन्दीलाई पनि प्रजनन अधिकार दिने गरी तयार पारेको विधेयक यसअघि २०७६ मा संसदमा दर्ता भएको थियो । सो विधेयकलाई प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले २०७८ वैशाखमा पारित गरेको थियो ।

विधेयक पारित भएमा कारागारमा रहेका वैध दम्पत्तिलाई प्रजनन संरक्षण गर्ने प्रयोजनका लागि भेटघाटको अनुमति दिने प्रावधान प्रस्ताव गरिएको थियो ।

यसअघि सर्वोच्च अदालतले प्रजनन अधिकार संरक्षण गर्नु राज्यको दायित्व भएको र प्रजनन व्यक्तिको नैसर्गिक अधिकार भएकाले कसैलाई पनि वञ्चित नगराउन आदेश गरेको थियो ।

आजै स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धि शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन २०७९ पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तै शिक्षा मन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु