९ साउन, दमक ।

नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्ष शिव लम्साल विजयी भएका छन् ।
नवनिर्वाचित युनियन अध्यक्ष लम्साल कांग्रेस नेताद्वय शेखर कोइराला र गगन थापा समूहसँग निकट मानिन्छन् ।
उनले ७ सय ४५ मत पाएर विजयी भएका हुन् भने लम्सालका निकटतम प्रतिद्वन्द्वी अनिता बिन्दुले ६ सय १२ मत पाइन् । उनलाई कांग्रेस संस्थापन पक्षको समर्थन रहेको बताइएको थियो ।
त्यस्तै युनियनको वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । उनले ६ सय ८५ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सरोज अधिकारीले ६ सय ६५ मत पाए ।
पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा लम्साल प्यानलकै बाहुल्य रहेको छ । युनियनको महासचिवमा लम्साल प्यानलकै दिलीप पौडेल निर्वाचित भए । पौडेल ८ सय ७८ मत पाएर विजयी भएका हुन् ।
झापाबाट सचिव (छापातर्फ) राधा खनाल, सचिव (महिलातर्फ) रेजिना गौतम निर्वाचित भए । सदस्यमा झापाबाटै सुशिला संग्रौला निर्विरोध निर्वाचित भएकी थिइन् ।

