९ साउन, दमक ।
सोमबार थप ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार पीसीआर र एन्टिजेन गरी ४ हजार ८ सय जनामा नमूना परीक्षण गर्दा ५ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ५ सय ३४ जना पुगेको छ ।
सोमबार १ जना कोरोना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
सोमबार नै थप ६३ हजार ३ सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयको भनाइ छ ।


