adv

थप ५ सय ७७ जनामा कोरोना, २ जना संक्रमितको ज्यान गयो

१३ साउन, दमक ।


शुक्रबार देशभर थप ५ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ७७ जनामा संक्रमित थएिका हुन् ।

४ हजार २ सय ८२ जनामा गरिएको कोरोना परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका मन्त्रालयको भनाइ छ ।

शुक्रबार २ हजार ४ सय ७४ जनाको पिसिआर र एक हजार ८ सय ८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

थप २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ भने शुक्रबार नै २ सय ६९ जना संक्रमित निको भएका छन् ।

अहिले देशभर ४ हजार ३ सय ५६ जना सक्रिय संक्रमित छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु