adv

सोमबार थपिए ८ सय ९५ जना कोरोना संक्रमित, १ जनाको मृत्यु

१६ साउन, दमक ।


सोमबार नेपालमा थप ८ सय ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ९ सय ९ जनामा गरिएको परीक्षणमा ८ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार ३ हजार ६ सय ५८ जनाको पीसीआर परीक्षणमा ६ सय ३२ जना र २ हजार २ सय २४ जनामा गरिएको एन्टिजेन परीक्षणमा २ सय ६३ जना संक्रमित भेटिएको हो ।

सोमबार नै २ सय ६४ जना कोरोना संक्रमणबाट मुक्त भएका मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण सोमबार थप एक जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३४ रहेको छ ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३० हजार १२४ पुगेको छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु