adv

इजरायलमा हिंसा भड्कियो, २४ जनाको गयो ज्यान

२२ साउन, दमक । (एजेन्सीको सहयोगमा)

इजरायलले एक वर्षअघि गाजा क्षेत्रमा गरेको रकेट आक्रमणको दृश्य ।

इजरायलको गाजा क्षेत्रमा हिंसा भड्किँदा २४ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएअनुसार त्यहाँ हिंसा चकिँदा सो संख्यामा हताहती भएको हो । मारिनेमा ६ जना बालबालिका समेत रहेको बताइएको छ ।

शुक्रबार इजरायली सेनाले प्यालेस्टिनी इस्लामिक जिहाद लडाकु समूहका एक वरिष्ठ कमाण्डरलाई मारेपछि हिंसा सुरु भएको हो ।
इजरायल पक्षले प्यालेस्टिनी अतिवादीविरुद्ध बमबारी विस्तार गरेको जनाएको छ ।

शनिबार इजरायलले प्यालेस्टिनी समूह इस्लामिक जिहादका १९ जना सदस्यलाई नियन्त्रणमा लिएको बिबिसीको भनाइ छ ।
शुक्रबारदेखि दुई समूहबीच रकेट प्रहारका घटना बढेको समाचारमा जनाइएको छ ।

इजरायली सेनाले ‘ब्रेकिङ डन’ नाम दिइएको यो कारबाही एक सातासम्म चल्नसक्ने चेतावनी दिएको छ ।

सन् २०२१ को मे महिनामा इजरायलमा २ सय प्यालेस्टिनी र १२ जना इजरायलीको मृत्यु भएपछि युद्धविराम सम्झौता गरेर युद्ध रोकिएको थियो ।

एक वर्ष पछि पुनः हिंसा भड्किएको बताइएको छ । जसमा २४ जनाको ज्यान गइसकेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु