adv

मृगौला पीडित विकले गरे उपचार सहयोगको याचना

२२ साउन, दमक ।


दुवै मृगौला खराब भएर हाल उपचाररत दमक ७ का २६ वर्षीय रामकुमार विकले उपचार सहयोगको याचना गरेका छन् ।

आइतबार पत्रकार मञ्च दमकको सभाहलमा उनका आफन्तले पत्रकार सम्मेलन गरेर विकको उपचारमा सहयोग गरिदिन आग्रह गरेका हुन् ।

५ वर्ष खाडी मुलुक बहराइन बसेर आएका उनी स्वादेश आउँदा नै बिरामी परिसकेका उनका काका भीमबहादुर विकले जानकारी दिए ।

‘विदेशबाट कमाएर ल्याएको सबै उपचारमै सकियो । अहिले बिरामीको अवस्था झन झन गाह्रो भयो । आज पनि राति नै अस्पताल लैजानु पर्यो’, काका भीमबहादुरको दुखेसो छ ।

आफन्तबाट मृगौला दान गर्न सकेको अवस्थामा सकेत उपचारका लागि १५/२० लाख रूपैयाँ लाग्ने चिकित्सकहरुले बताएको भन्दै विकका आफन्तले सहयोगको याचनासहित पत्रकार सम्मेलन गरेका हुन् ।

९ वर्ष र ४ वर्षका नाबालक छोरीहरु र श्रीमतीसहित दमक ७ को संरक्षण टोलमा बस्दै आएका विकले २ महिनादेखि धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डायलसिस गराउँदै आएका छन् ।

रामकुमारले बहराइनबाट कमाएर ल्याएको २ लाख बढी रकम उपचारकै क्रममा सकिएको आफन्तले जानकारी दिएका छन् ।

विकको उपचार सहयोगको लागि ७ नम्बर वडा कार्यालयबाट २ लाख बराबरको उपचार सुविधाका लागि निःशुल्क डायलसिस सिफारिस गरिएको तर सरकारी सुविधका लागि पालो पर्खनुपर्ने दलित महिला सदस्य तारा रणपहेँलीको भनाइ छ ।

उनले भनिन् –‘हामीले सिफासिर त गरेका छौं । तर सरकारी सुविधाबाट डायलसिस गराउन दुई महिना पालो पर्खनुपर्ने समस्या छ । बिरामीको आर्थिक र स्वास्थ्य अवस्था दुवै नाजुक छ ।’

टोल छिमेकबाट २०/२२ हजार आर्थिक सहयोग जुटाएर शनिबार राति आकस्मिक रूपमा अस्पताल लैजानुपरेको रणपहेँलीले बताइन् ।

विकका आफन्तले उनकी श्रीमती भावना विश्वकर्माको नाममा सिटिजन बैंक दमक शाखामा रहेको बैंक खाता नम्बर 0560100000778041 मा सहयोग रकम जम्मा गरिदिन अनुरोध गरेका हुन् ।

उनलाई ९८२०५२४१७८ सम्पर्क गर्न सकिन्छ ।

बहराइनमा कार्यरत रहँदाको विकको तस्वीर ।
Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु