२६ साउन, दमक ।
नेपालमा बिहीबार थप ५ जना कोरोना संक्रपमितको ज्यान गएको छ ।
देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएका बेला मृत्यु हुने संक्रमित संख्या पनि बढ्न थालेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार केही दिनयता संक्रमित संख्या बढ्ने र कोरोना संक्रमितको मृत्यु हुने क्रम बढेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय १५ जनामा संक्रमण पुष्टि भएको हो ।
४ हजार ५ सय ३४ जनामा परीक्षण गर्दा ८ सय १५ जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।
२ हजार ४ सय ११ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ६५ र २ हजार १ सय २३ जनाको एण्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६९ पुगेको छ ।
संक्रिय संक्रमितमध्ये ५ हजार ६ सय ७७ जना होम आइसोलसनमा, १ सय ९२ जना संस्थागत आइसोलेसनमा, ६० जना आईसीयू र ८ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको मन्त्रालयको भनाइ छ ।