adv

माङसेबुङले गर्यो चौहानलाई स्वागत र सुवेदीलाई बिदाइ

२६ साउन, दमक ।


इलामको माङसेबुङ गाउँपालिकामा सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानलाई स्वागत र इलामको चुलाचुली गाउँपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीलाई बिदाइ गरिएको छ ।

गाउँ कार्यपालिकाको सभाहलमा केही दिनअघि आयोजित एक कार्यक्रमकाबीच चौहानलाई स्वागत र सुवेदीलाई विदाइ गरिएको हो ।

स्वागत तथा बिदाइ कार्यक्रममा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, वडाध्यक्षहरु, जनप्रतिनिधि, कर्मचारीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

चौहान फालेलुङ गाउँपालिका पाँचथरबाट सरुवा भई माङसेबुङ गाउँपालिका आएका हुन् । त्यसअघि उनी इलामकै माई नगरपालिकामा समेत प्रमुख प्रशासकीय अधिकृत भई कार्य गरिसकेका कर्मचारी हुन् ।

सुवेदीले यसअघि माई नगरपालिका र फाकोकथुम गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत भई कार्य गरिसकेका थिए भने पछिल्लो समय माङसेबुङ गाउँपालिकामा मात्र उनी ३ वर्ष ४ महिना प्रमुख भई गाउँ कार्यपालिकाको नेतृत्व गरिसकेका छन् ।

त्यसैगरी माङसेबुङ गाउँपालिकामा कार्यरत प्रशासन प्रमुख (अधिकृत छैठौं) उपेन्द्र पौडेलको पनि सरुवा भएको छ । सुवेदीसँगै पौडेलको पनि चुलाचुली गाउँपालिका इलाममै सरुवा भएको हो ।

त्यस्तै माङसेबुङ गाउँपालिकामा सूचना प्रविधि अधिकृतमा नवनियुक्त इन्जिनियर ओमप्रकाश खड्कालाई पनि सोही कार्यक्रममा स्वागत गरिएको छ भने पौडेललाई बिदाइ गरिएको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु