२ भदौ, दमक ।
दमक होटल व्यबसायी संघले बुधबार आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन गरिएको छ ।
संघले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा होटल व्यवसायी संघ प्रदेश नम्बर १ का अध्यक्ष राजन दंगाललगायत होटल व्यवसायी, प्रहरीलगायतले रगत दान गरेका थिए ।
कार्यक्रममा दमक नगरपालिकाका प्रमुख राम थापा, दमक उद्योग बणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष गोपाल गुँरागाई, जीवन चक्र समाजका अध्यक्षगणेश गौतमलगायत बिभिन्न सामाजिक व्यक्तिहरूको सहभागिता रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको संघले जनाएको छ ।
खुल्ला रक्तदान कार्यक्रमका संयोजक भूपेन्द्र न्यूपानेको सञ्चालन रहेको कार्यक्रम संघका अध्यक्ष योगराज दंगालको अध्यक्षतामा सम्पन्न भएको थियो ।