२ भदौ, दमक ।

नागरिकता ऐनको संशोधन विधेयक दोस्रो पकट पनि बहुमतले पारित भएको छ ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा नागरिकता सम्बन्धि विधेयक दोस्रो पटक संसद्मा निर्णायर्थ पेश गरिएको थियो ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि भन्दै उक्त विधेयक संसद्मा फिर्ता पठाएकी थिइन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा उपस्थित १ सय ९५ सांसदमध्ये विधेयक पारित गर्ने पक्षमा १ सय ३५ मत परेको थियो भने विपक्षमा ६० सांसद्ले मतदान गरेका हुन् ।
विधेयकको विपक्षमा एमाले निकट र केही साना दलका सांसद र स्वतन्त्र हैसियतका सांसदहरुले मतदान गरेका हुन् ।
प्रतिनिधि सभाबाट पारित सो विधेयक अब राष्ट्रिय सभामा जानेछ र राष्ट्रिय सभाबाट पारित भएपछि पुनः विधेयक दोस्रो पटक राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि लगिने छ । दोस्रो पटक प्रमाणीकरणका लागि पुगेपछि राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।

