adv

सबै खाले गठबन्धनलाई परास्त गरिन्छ : एमाले अध्यक्ष ओली

२ भदौ, दमक ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सबैखाले गठबन्धनलाई एमाले एक्लैले पराजित गर्ने दावी गरेका छन् ।

बिहीबार गृहजिल्ला झापाको कचनकवलमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् ।

मंसिर ४ गतेको निर्वाचनबाट एमालेले सबै गठबन्धनलाई पराजित गर्ने जिकिर गर्दै उनले भने –‘एमालेसँग लड्ने हिम्मत नभएकाहरु गठबन्धन बनाउँदैन् । लड्न सक्ने भए त एक्लाएक्लै लडिहाल्थे नि ।’

कमजोरहरुले सत्ता चलाइरहेको आरोप लगाउँदै ओलीले सत्ता गठबन्धन कमजोरहरुको गठबन्धन भएको टिप्पणी गरे ।

आगामी निर्वाचनमा गठबन्धनको खासै असर नपर्ने दावी गर्दै उनले उच्च मनोबलमा साथ पार्टीलाई जिताउन लाग्नुपर्ने भन्दै कार्यकर्तालाई निर्देशन दिए ।

ओलीले प्रत्यक्ष १६५ सिट र समानुपातिक ११० सिट गरी दुवै निर्वाचन प्रणालीमा बहुमत ल्याइने जिकिर गरे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु