adv

इलाम १ बाट चुनाव लड्दै झलनाथ खनाल

५ भदौ, दमक ।


नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलाम क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् ।

आइतबार भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै खनालले ४८ सालदेखि निरन्तर चुनाव लड्दै आएको क्षेत्रबाटै अन्तिम पटक चुनाव लड्ने बताएका हुन् ।

पुरानै निर्वाचन क्षेत्रबाट चुनाव जित्ने दावी गर्दै नेता खनालले सत्ता गठबन्धनबाट आफू उम्मेद्वार बन्ने स्पष्ट पारे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै खनालले भने –‘एकतामै बल हुन्छ, एक्लो डेढुुको असफलता अनिवार्य छ ।’

वर्तमान सत्ता गठबन्धन दृढतापूर्वक अगाडि बढ्ने दावी गर्दै उनले गठबन्धनको आयु चुनावसम्म मात्रै वा दीर्घकालीन हुन्छ भन्ने बारे अहिले नै भन्न नसकिने भन्दै अन्योलता प्रकट गरे ।

एमालेमा दक्षिणपन्थी अवसरवाद प्रकट भएको आरोप लगाउँदै खनालले आफूूहरु कम्युनिस्ट घटकमध्ये नेकपा माओवादी केन्द्रसँग निकट सम्बन्धमा रहेको खुलासा गरे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु