adv

झाँक्री प्रत्यक्ष चुनाव लड्ने !

६ भदौ, दमक ।


नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आगामी चुनावमा प्रत्यक्ष उम्मेद्वार बन्ने घोषणा गरेकी छन् ।

नेपालको पछिल्लो सत्ता राजनीतिमा ड्यासिङ गर्लदेखि रुन्चे मन्त्रीसम्मको छवि बनाएकी पूर्व मन्त्री झाँक्रीले आफू गुल्मी जिल्लाको क्षेत्र नम्बर २ बाट उम्मेद्वार बन्ने घोषणा गरेकी हुन् ।

एकीकृत समाजवादी पार्टीकी सचिवसमेत रहेकी उनले आइतबार जिल्ला सदरमुकाम तम्घासमा आयोजित पार्टी अगुवा कार्यकर्ता प्रशिक्षणमा प्रत्यक्ष निर्वाचन लड्ने घोषणा गर्दै चुनावको तयारीमा जुट्न निर्देशन दिएकी हुन् ।

झाँक्रीले आफू गठबन्धनबाट उम्मेदवार बनेर नेकपा एमालेको २५ वर्षदेखिको विरासत तोड्ने दावी गरेकी छन् । उनले भनिन –‘गुल्मी क्षेत्र नम्बर २ मा हामीले २५ वर्ष पुरानो विरासत तोड्ने दिन नजिकिंदै आएको छ, यसर्थ एकढिक्का भएर निर्वाचनमा जुट्नुहोस् ।’

गुल्मी २ का बहालवाला सांसद गोकर्ण विष्ट नेकपा एमालेका सचिव हुन् । २०६४ को संविधानसभा निर्वाचनयता विष्ट लगातार विजयी हुँदै आएका छन् । यस पटक पनि एमालेबाट विष्ट नै उम्मेदवार बन्ने लगभग निश्चित छ ।

गठबन्धनबाट झाँक्रीले टिकट पाएमा उनी र विष्टबीच कडा चुनावी प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु