adv

नेपाल उद्यमशील महिला संघ र उद्यमी महिला समूहको तीज मिलन कार्यक्रम सम्पन्न

बिर्तामोड ,६ भदौ । बिर्तामोडमा नेपाल उद्यमशील महिला संघले तीजको कार्यक्रम आयोजना गरेको छ ।

सोमबार झापाको बिर्तामोड नगरपालिका वार्ड नं ४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रमा रहेको बृद्धाश्रममा उत्त कार्यक्रम आयोजना गरिएको हो ।

संघकी अध्यक्ष पार्वता खरेल बिमलीको अध्यक्षता तथा कन्काई एजुकेशन फाउन्डेसनकी संस्थापक अन्जना ढुंगानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई दर खुवाइएको थियो ।

कार्यक्रममा महिला उद्यमीहरुले उत्पादन गरेका झोला तथा माला अतिथिहरूलाई उपहार प्रदान गरिएको थियो ।

निरमाया पुलामीले स्वागत गरेको कार्यक्रमको सञ्चालन यशोदा प्रसाईले गरेकी थिइन् । कार्यक्रममा विशेष अतिथि चेम्बर अफ कमर्शका झापा जिल्ला अध्यक्ष ओमकृष्ण विमली, प्रशान्त भण्डारी, एबीसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला, नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटी, राधा सुब्बा, उर्मिला विमली, सम्झना भण्डारी, संगीता चिमरिया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


त्यस्तै उद्योग बाणिज्य संघ अन्तरगत रहेको उद्यमी महिला समूहले पनि तीजको कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार बिर्तामोडको अतिथि सदनमा सम्पन्न कार्यक्रममा उद्यमी महिला समूहकी अध्यक्ष तिलोत्तमा खत्रीको अध्यक्षता तथा उद्योग बाणिज्य संघ प्रदेश अध्यक्ष प्रदेश अध्यक्ष टिकाराज ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।

बिर्तामोड उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि ढकाल, जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता रोक्का, हल्दिबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मि मैनाली, आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख शुभप्रसाद रिजाल, सिता पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नैनकला भट्टराईले सञ्चालन गरेको कार्यक्रममा स्वागत यशोदा उप्रेतीले गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु