adv

नेम्बाङ र अधिकारी साउन महिनाका उत्कृष्ट प्रहरी

७ भदौ, विराटनगर ।


प्रदेश नम्बर १ प्रहरी कार्यालय बिराटनगरको साउन महिनाको सर्वोत्कृष्ट प्रहरीमा दुई जना प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेहरुमा प्रदेश प्रहरी कार्यालयअन्तर्गत अनुसन्धान समूहमा कार्यरत प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङमा कार्यरत प्रहरी निरीक्षक अर्जुन कुमार अधिकारी रहेका छन् ।

नेम्बाङले बुढिगंगा गाउँपालिका १ बस्ने दिपेन यादवकी १ वर्षीया छोरी निकिशा यादवलाई विराटनगर महानगरपालिका १२ रोडशेष चोकबाट अपहरण गरी भारतको दरभंगा पुर्याएको अवस्थामा सुक्ष्म अनुसन्धान गरी सकुशल उद्धार गरेको र घटनामा संलग्नहरुलाई पक्राउ गर्न सफल भएका थिए ।

त्यस्तै अधिकारीले भोजपुर नगरपालिका ६ देउराली नजिकै ओडारे भन्ने स्थानमा भोजपुर नगरपालिका ८ पोखरेका ६० बर्षीय सूर्य बहादुर खत्रीको हत्या भएको घटनाको अनुसन्धान गरी हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन सफल भएका थिए ।

प्रनि नेम्बाङ र अधिकारीलाई उत्कृष्ट कार्यको मूल्याङकन गर्दै प्रदेश नम्बर १ प्रहरी कार्यालय बिराटनगरले २०७९ साल श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्ने गरेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिन्ट प्रदेश नम्बर १ प्रहरी कार्यालय बिराटनगर र मातहतका क श्रेणीका इलाका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राख्दै आएको कार्यालय स्रोतले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु