८ भदौ, दमक ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा (संघीय संसद्) र प्रदेश सभाको समानुपातिकतर्फको चुनावी प्रक्रिया सुरु भएको छ ।
निर्वाचन आयोगले बुधबार (आज) बिहान सूचना प्रकाशित गरेर समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दललाई भदौ १० गतेदेखि १२ गतेसम्म निवेदन पेस गर्न आह्वान गरेको छ ।
दलबाट आएका निवेदन भदौ १३ गते प्रकाशन गर्ने आयोगको तयारी छ । त्यस्तै भदौ १५ गते अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम छ ।
आयोगको स्वीकृत निर्वाचन कार्यक्रम अन्तर्गत राजनीतिक दलहरुले समानुपातिकतर्फको उम्मेद्वारको बन्दसूची असोज २ र ३ गते पेस गर्नुपर्ने छ ।
त्यस्तै समानुपातिकतर्फको उम्मेद्वारको बन्दसूची पहिलो पटक असोज २२ मा र अन्तिम बन्दसूची कात्तिक ९ गते प्रकाशन गर्ने आयोगले जनाएको छ ।


