adv

सहरी सौन्दर्यीकरणमा काम गर्ने रोटरी दमकको प्रतिबद्धता

१२ भदौ, दमक ।


दमक नगरपालिकासँगको साझेदारीमा रोटरी क्लब अफ दमकले दमकको सौन्दर्यकरण अभियान सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

रोटरीले यस अभियानका लागि दमक नगरपालिकासमक्ष आधा आधा व्यहोर्ने गरी १५ लाख बराबरको कार्यक्रम प्रस्ताव गरेको हो ।

शुक्रबार रोटरी क्लब अफ दमकको ११औं पद हस्तान्तरण कार्यक्रममा रोटरी दमकका वर्ष २०२२/२३ का अध्यक्ष पशुपति बरालले नगरपालिका तयार भए साझेदारीमा दमकका वडाहरुको सौन्दर्यकरणमा काम गरिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

आफ्नो एक वर्षे कार्यकालको भावी कार्ययोजना प्रस्तुत गर्दै अध्यक्ष बरालले नगरपालिका र रोटरीबीच सम्झौता गरेर दुवै पक्षले जनही ७ लाख ५० हजार खर्च गरेर काम गरिने बताएका हुन् ।

बरालको प्रस्तावमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले दमकमा सार्वजनिक हितका लागि पार्क निर्माण कार्यमा रोटरीले अगुवाई गर्नुपर्ने भन्दै जग्गा नगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख थापाले रोटरीको सामाजिक कार्यको प्रशंसा गर्दै थप रचनात्मक कार्यमा लाग्न सुझाव दिए ।

शुक्रबार दमक २ स्थित दमक फन पार्कमा आयोजित रोटरीको ११औं पद हस्तान्तरण कार्यक्रममा बोल्दै चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले दमकको विकासमा चुलाचुलीवासीको पनि योगदान रहेको स्मरण गराउँदै दमकले असल छिमेकीको भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

दमककी उपप्रमुख रेगिना भट्टराई प्रसाईले दमकलाई अब्बल र समृद्ध नगर बनाउन नगरपालिका एक्लैले नसक्ने भन्दै युवाको साथ सहयोग आवश्यक हुने बताइन् ।

कार्यक्रमका बीच नवनिर्वाचित अध्यक्ष बरालले आफ्ना स्वर्गीय पिता धनपति बरालको स्मृतिमा रोटरी विपद उद्धार कोषमा १ लाख २५ हजार नगद हस्तान्तरण गरे ।

रोटरीका पूर्व जिल्ला गर्भनर वासुदेव गोल्यानले रोटरी क्लव अफ दमकले महिला सशक्तीकरणको थप प्राथमिकता दिएर काम गर्न सुझाव दिए । उनले दमकमा रोटरी र नगरपालिका मिलेर निर्माण गर्ने पार्कको लागि १ लाख १ हजार नगद सहयोग गर्ने घोषणा गरे ।

कार्यक्रमका बीच पत्रकार मञ्च दमकका कोषाध्यक्ष एवम् प्रदेश आवाज डटकमका सह–सम्पादक जीवन चुडाललाई नगद ५ हजार राशीको उषा चौलागाई फाउण्डेशनले स्थापना गरेको रोटरी पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

कार्र्यक्रमका बीच रोटरी दमकका निवर्तमान अध्यक्ष भरत चौलागाईले आफ्नो २०२१/२२ कार्यकालमा गरेका काम बारे संक्षिप्तमा प्रस्तुति गरेका थिए । आफ्नो कार्यकालमा मृगौला पीडितका लागि रोटरी दमकले दमकस्थित लाइफलाइन अस्पतालसँगको साझेदारीमा नेपाल सरकारले तोकेको शुल्कमा डायालोसिसको सुविधा उपलब्ध गराइएको र हाल दैनिक ६/७ जनाले यो सुविधा उपभोग गरिरहेको जानकारी दिए ।

त्यस्तै सामुदायिक विद्यालयहरुमा शुद्ध खानेपानी अभियान सञ्चालन गरेको, पोलियोविरुद्धको अभियानमा सहकार्य गरेको, अशक्त बिरामीको उपचारमा सहयोग गरेको, वृक्षरोपण कार्यक्रम सञ्चालनलगायत कार्य गरिएको चौलागाईले बताए ।

कार्यक्रमका बीच दमक नगरपालिकाका पूर्व उपमेयर गीता अधिकारी, दमक १० का पूर्व वडाअध्यक्ष बोधराज न्यौपाने, रोट्राक दमककी सपना कन्दङ्वा, मेडिकल अफिसर देवी दंगाल, भोकेशनल अवार्डबाट नृत्यङ्गना रमा न्यौपाने, प्रेमकुमार पाण्डे, मनबहादुर चौलागाई, मिना भट्टराई प्रसाईलगायतलाई वर्ष २०२१/२२ मा गरेको योगदानका निम्ति सम्मानित गरिएको थियो ।

कार्यक्रमका बीच पुराना एवम् चर्चित गायक यम बरालले सांगीतिक प्रस्तुती गरेका थिए । उनको गायनले रात्रीकालिन माहोल तताएको थियो ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु