१२ भदौ, दमक ।

झापाको गौरादमा आगलागी हुँदा १५ बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह २ स्थित मुनिलाल शर्माले संचालन गर्दै आएको पायल फर्निचरमा बिद्युत सर्ट भएर आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको हो ।
आईतबार (आज) बिहान अन्दाजी साढे ३ बजे विद्युत सर्ट भएर आगलागी भएको थियो ।
आगलागी हुँदा फर्निचर पसलसँगै रहेको बाँस र टिनको छानो भएको टहरा जलेर नष्ट भएको प्रहरुको भनाइ छ । फर्निचरको काम गर्ने मेसिन, काठ र केही थान फर्निचर समेत जलेको बताइएको छ ।
प्रहरी, स्थानीयबासी, गौरादह नगरपालिका, दमक नगरपालिका र कमल गाउँपालिकाको दमकलको सहयोगमा बिहान करिब ५ बजे आगो निभाइएको थियो ।

