adv

वर्षा र बाढीले पाकिस्तानमा करिब १ हजार मानिसको मृत्यु

१२ भदौ, दमक । (एजेन्सीको सहयोगमा)


वर्षा र बाढीका कारण पाकिस्तानमा करिब १ हजार जना मानिसको मृत्यु भएको बताइएको छ ।

शुक्रबार र शनिबार त्यहाँ भारी वर्षा भएको र बाढीका कारण थप भौतिक र मनवीय क्षति भएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ ।

सरकारी तथ्यांकलाई उद्धृत गर्दै समाचार पत्र द डनले मध्य जुनदेखि अहिलेसम्म वर्षा र बाढीका कारण तीन करोड बढी मानिसहरू विस्थापित भइसकेको जनाएको छ ।

प्रधानमन्त्री सहबाज सरिफले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको खबर छ । उनले प्रभावितको राहत, उद्धार र पुनस्र्थापनाका लागि ३८ अर्ब पाकिस्तानी रूपैयाँ बजेट विनियोजन गरिएको बताएका छन् ।

वर्षा र बाढीले पाकिस्थानका सिन्ध, बलुचस्तान, खैबर पख्तुनख्वाह क्षेत्रमा बढी क्षति गरेको बताइएको छ ।

बाढी प्रभावितलाई सहयोग गर्न प्रधानमन्त्री सरिफले अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेका छन् ।

अमेरिका, यूके, संयुक्त अरब एमिरेट्स, कतारलगायत मुलुकहरुले सहयोग उपलब्ध गराएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु