adv

नारी सञ्चार गृहले घोषणा गर्यो दुई वटा पुरस्कार

विर्तामोड,१८ भदौ । झापाली महिला पत्रकारहरूको छातासंगठन नारी सञ्चार गृह झापाले ११ औं स्थापना दिवसको अवसर पारेर दुई वटा पुरस्कार घोषणा गरेको छ ।

गृहले शनिवार(आज) बिर्तामोडमा आयोजित कार्यक्रममा एकलाख एकहजार एकसय ११ रुपैयाँ राशीको नारी सञ्चार उत्कृष्ट पत्रकारिता पुरस्कार र २५ हजार ५ सय ५ रुपैयाँ राशीको नारी सञ्चार युवा पत्रकारिता पुरस्कार घोषणा गरेको हो ।

गृहले स्थापना गरेको नारी सञ्चार उत्कृष्ट पत्रकारिता पुरस्कार झापाका पत्रकारका संघ,संगठनले वितरण गर्ने पुरस्कार मध्ये नै ठूलो राशीको रहेको छ । उक्त पुरस्कार गृहको २/२ बर्षमा हुने अधिवेशनका दिन बितरण गरिने नारी सञ्चार गृह झापाकी अध्यक्ष भिमा शिवाकोटीले बताइन् ।

यसैबीच नारी सञ्चारगृहले आज ‘मर्यादित पत्रकारिताका लागि भूमिका, सुझाव र प्रतिबद्धता’ विषयक अन्तक्र्रिया कार्यक्रमसमेत सम्पन्न गरेको छ । सो अवसरमा प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले प्रदेश सरकारले सञ्चार विधेयक सदनमा प्रस्तु गरेर आमसञ्चार क्षेत्रको विकास र प्रवर्दनमा सघाउ पुर्याउन खोजेको बताए ।

सो अन्तरक्रियात्मक कार्यक्रममा पत्रकारहरू,पत्रकारका संगठन प्रमुखहरू, राजनितीक दलका प्रमुखहरू तथा प्रतिनिधिहरू,अधिकारकर्मीहरू,संस्थाका प्रतिनिधिहरू तथा बुद्दिजीविहरूको सहभागिता रहेको थियो ।

संस्थाको स्थापना दिवस कार्यक्रमको प्रमुख अतिथि मन्त्री घिमिरे र विशेष अतिथि नेपाल पत्रकार महासंघ प्रदेश समितिकी उपाध्यक्ष हिमा चेम्जोङ रहेकी थिइन् ।

अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा संस्थाको परिचय संस्थापक अध्यक्ष साबित्रा दाहालले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव भूमिका सुब्बाले गरेकी थिइन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु