१८ भदौ, दमक ।

नेपाल मगर संघ दमक नगरको सातौं अधिवेशनबाट बेद थापा मगर अध्यक्षमा निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।
त्यस्तै नगर उपाध्यक्षमा लालबहादुर बुर्जा मगर, सचिवमा नरबहादुर पिठाकोटे मगर, सहसचिवमा सुरेश आले मगर र कोषध्यक्षमा टिकाराम पिठाकोटे मगर चयन भएका हुन् ।
सदस्यहरुमा क्रमशः केशर सिँजाली मगर, सकुनी राना मगर, अर्जुन राना मगर, वीरमाया मगर, नरेन्द्रकुमार सिँजाली मगर, सन्देशशिका आले मगर, सुनिल थापा मगर, देविका थापा मगर, नरकुमार राना मगर, खेम बहादुर लुङ्गेली मगर, फुलसरी राना मगर, साविता थापा मगरलगायत छन् ।
कार्यक्रमका नपाल मगर संघका केन्द्रीय सदस्य हरि थापा मगर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी केन्द्रीय नेतृ बिष्णु भटराई थापा मगर, माओवादी केन्द्र निकट वाइसियलका केन्द्रीय सचिव कर्म पुलामीलगायतले मगर समुदायको अधिकार प्राप्ति फुटेर होइन जुटेर मात्रै सम्भव हुनेमा जोड दिएका थिए ।
नगर अध्यक्ष बेदथापा मगरको अध्यक्षतामा भएको कार्यक्रममो मगर समुदायको हकहितको लागि सबैले आ–आफनो ठाउँवाट अघि बढनु पर्ने बताउनु भयो ।
कार्यक्रममा मगर जातीको मौलिक नृत्यहरु प्रस्तुत गरिएको थियो ।

