२१ भदौ, दमक ।

मंगलबार देशभर ३ सय जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा थप ३ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
पिसिआर र एन्टीजेन विधिबाट ४ हजार ५ सय ९० जनामा परीक्षण गर्दा ३ सयमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबार नै थप १ सय २४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका मन्त्रालयले जनाको छ ।
मन्त्रालयका अनुसार हाल देशभर कोरोनाका २ हजार ४ सय ५७ जना सक्रिय संक्रमित छन् ।

