adv

हिमालयन टाइगरको अध्यक्षमा खड्का

८ असोज, दमक ।


हिमालयन टाइगर दमकको चौंथो अधिवेशनले दिपक खड्काको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।

शनिबार सम्पन्न चौथो साधारणसभाले खड्काको अध्यक्षतामा चयन गरेको कार्य समितिको उपाध्यक्षमा मेघनाथ फुयाल, महिला उपाध्यक्षमा अनु भण्डारी, सचिवमा तीर्थराज राई, सहसचिवमा सबिना साङ्पाङ र कोषाध्यक्षमा राजु अधिकारी रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा खगेन्द्र गुरागाई, दिवस खतिवडा, डिल्ली मिश्र, आशिष पौडेल, सन्तोष कार्की, सानुकुमार चौधरी, बिनोद अधिकारी र कोशिस शिवाकोटी चयन भएका छन् ।

२०७६ सालमा स्थापना भई सामाजिक सेवाका कार्यमा संलग्न क्लवले कमल गाउँपालिकाको संयोजकमा केदार चापागाईं, बिर्तामोड नगरपालिकाको संयोजकमा भिमप्रसाद कडरिया, शिवसताक्षी नगपालिकाको संयोजकमा दीपक सुवेदी, इजरायल समन्वयन समितिको संयोजकमा खेमराज जमरकट्टेल, युएई समन्वय समितिको संयोजकमा क्षितिज पौड्याल, अमेरिका समन्वय समितिको संयोजकमा नारायणकुमार श्रेष्ठ, बहराइन समन्वय समितको संयोजकमा मिलन श्रेष्ठ, अष्ट्रेलिया समन्वय समितिको संयोजकमा दिलबहादुर थापा र कतार समन्वय समितिको संयोजकमा प्रेमकुमार उप्रेतीलाई जिम्मेवारी दिएको जनाएको छ ।

क्लवको साधारण सभाको अवसरमा अग्रज रक्तदाता राजकुमार श्रेष्ठसहित तीन जना सम्मानित भएका छन् ।

१२१औं पटक रत्तदान गर्ने श्रेष्ठासहित कार्यक्रमममा क्लबलाई विशेष योगदान दिएका वेनुप्रसाद चुडाल, र ३०औं पटक भन्दा बढी रत्तदान गर्ने भगवती श्रेष्ठलाई दोसल्लाह र सम्मान पत्रले विशेष सम्मान गरिएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु