adv

एमाले अध्यक्ष ओलीविरुद्ध युग पाठकले गरे उम्मेद्वारी घोषणा

८ असोज, दमक ।

शनिबार दमक चोकस्थित पिपल बोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेद्वारी घोषणा गर्दै युग पाठक । साथमा लाल्टिन बालेर सहयोग गर्दै पत्रकार भवानी बराल ।

लेखक तथा राजनीतिक विश्लेषक युग पाठकले झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध निर्वाचन लड्ने घोषणा गरेका छन् ।

शनिबार दमक चोकको पिपलबोटबाट एमाले अध्यक्ष ओलीविरुद्ध आफ्नो उम्मेद्वारी घोषणा गरेका पाठकले नयाँ आन्दोलनको समेत घोषणा गरे । उनले आफूले घोषणा गरेको आन्दोलनलाई ‘उत्श्रवण आन्दोलन’ को संज्ञा दिए ।

उत्श्रवण आन्दोलनमार्फत जनताको राजनीति जनतातिरै फर्काउने भन्दै पाठकले सबैको शिर उठाउने वैचारिक आन्दोलन भएको समेत जिकिर गरे । आफ्नो उम्मेद्वारी घोषणा गर्दै उनले भने –‘यो आन्दोलन झापा–५ बाट सुरु भयो । आन्दोलन देशभर हुँदै अन्तर्राष्ट्रिस्तरसम्म पुग्नेछ ।’
पाठकले लाल्टिन बालेर नयाँ विचारको सुरुवात गरेको भन्दै उत्श्रवण आन्दोलन थालनीको संकेत गरे । उनलाई वरिष्ठ पत्रकार, लेखक तथा राजनीतिक विश्लेषक भवनाी बरालले लाल्टिन बालेर सहयोग गरे ।

नयाँ वैचारिक आन्दोलनको संकेतस्वरूप लाल्टिन बालेर जनताको घरसम्म नयाँ विचार लिएर पुग्ने उनको जिकिर थियो ।

रेमिट्यान्सको भरमा टिकेको देशको अर्थतन्त्रबारे टिप्पणी गर्दै पाठकले भने –‘रेमिट्यान्स आउने ठाउँमा केही भएर हाम्रा दाजुभाइ फर्कनुभयो भने, खाद्यान्न आउन छाड्यो भने, सोच्नुस् त के हुन्छ ? त्यसकारण अब पुरानो विचारले काम गर्दैन । नयाँ विचार ल्याउन जरुरी भएर मैले उम्मेद्वारीसँगै यो आन्दोलनको घोषणा गरेको हुँ ।’

उत्श्रवण आन्दोलनको पहिलो निष्कर्ष ‘मानव संसार आज दार्शनिक संकटमा छ’ भन्ने रहेको दावी गर्दै पाठकले अहिले राजनीति विचारले नयाँ पुस्ताका निम्ति सपना फुलाउन नसक्ने बताए ।

आफ्नो पहिलो प्राथमिकता कृषिमा आमूल परिवर्तन गर्ने रहेको भन्दै उनले कृषिको आधुनिकीकरणका नाउँमा नक्कली कार्यक्रममार्फत हालसम्म कृषिलाई ध्वस्त पारिएको उनको आरोप थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु