adv

१० बुँदे सहमतिपछि डा. केसीले अनसन तोडे

९ असोज, दमक ।


१३ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीले शनिबार साँझ अनसन तोडेका छन् ।

सरकारसँग १० बुँदे सहमति भएपछि डा केसीले अनसन तोडेका हुन् ।

कैलालीबाट अनसन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

केसीका सहयोगी प्रितम सुवेदीका अनुसार त्रीवि शिक्षण अस्पतालमा उपचारत एक बिरामीको हातबाट जुस पिएर केसीले शनिबार साँझ १३औँ दिनमा अनसन तोडेका हुन् ।

केसी र सरकारी पक्षबीच भएको सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने सम्झौता भएको छ ।

१३औँ दिनमा अनसन तोडेका केसीले सरकारले सात दिनभित्र माग पूरा नगरे पुनः अनसन बस्ने चेतावनी दिएका छन् ।

डा. केसी र सरकारी पक्षबीच भएको सहमतिको पूर्ण पाठ :

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु