adv

दमकका सन्देशले शनिबार राष्ट्रिय स्पर्धामा भाग लिने

२७ असोज, दमक ।


९ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत शारीरिक सुगठनतर्फ ६० केजी तौल समूहमा सहभागी दमकका खेलाडी सन्देश राईले शनिबार प्रतिस्पधा गर्ने भएका छन् ।

गण्डकी प्रदेशको पोखरामा हुने राष्ट्रिय स्पर्धामा राईले २९ गते शनिबार प्रतिस्पर्धा गर्न लागेका हुन् । शारीरिक सुगठनतर्फका सबै खेल शनिबारदेखि सोमबारसम्म सञ्चालन हुने बताइएको छ ।

६० केजी तौल समूहबाट शारीरिक सुगठनतर्फ प्रदेश नम्बर १ को प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएका दमक ७ निवासी राईलाई बिस्ट फ्याक्ट्री फिटनेसले सहयोग गरेको छ ।

राष्ट्रिय खेलकुदमा सहभागी भएर आफूले सक्दो राम्रो खेल्ने प्रयास गरिरहेको राईले बताए । उनले भने –‘प्रदेश नम्बर १ बाट प्रतिनिधित्व गरेको छु । मेरो कोसिस राम्रो खेलेर प्रदेशलाई पदक दिलाउनु हुने छ ।

९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएका ३६ खेल मध्ये शारीरिक सुगठनसमेत रहेको छ ।

प्रतियोगिताको एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि शनिबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु