adv

आइटिएफ तेक्वान्दोमा दमकका रोशनले आज स्पर्धा गर्दै

२८ असोज, दमक ।


झापा दमकका रोशन मगरले आज शुक्रबारबाट सुरु हुने ९औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत आइटीएफ तेक्वान्दोको ७०–७४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछन् ।

बागलुङमा आज र भोलि २ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा मगरले प्रदेश नम्बर १ बाट प्रतिनिधित्व गर्दैछन् । उनले यसअघि पनि थुप्रै प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलहरुमा सहभागिता जनाएर मेडल प्राप्त गरिसकेका छन् ।

विभागीय टोलीहरु नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहित ७ प्रदेशबाट आइटीएफ तेक्वान्दोका २ सय ५० खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगिता २१ स्वर्ण, २१ रजत र ५६ काश्य पदकका लागि प्रतिस्प्रधा हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगितामा ४५ जना रेफ्रीले भूमिका निर्वाह गर्नेछन् ।

९औं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन आज शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले दिउँसो ४ बजे गर्ने कार्यक्रम रहेको छ ।
प्रतियोगिताको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले कार्तिक ३ गते गर्ने कार्यक्रम छ ।

औपचारिक रूपमा आज उद्घाटन हुने भए पनि प्रतियोगिताअन्तरगतका केही खेल यसअघि नै सुरु भइसकेका छन् ।

हालसम्म बागमती प्रदेशले ४ स्वर्ण र १ रजत, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले ३ स्वर्ण र ३ रजत प्राप्त गरिसकेको छ भने सशस्त्र प्रहरी बलको एपिएफ क्लवले १ स्वर्ण, ३रजत र ६ कास्य प्राप्त गरिसकेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशले १ स्वर्ण र तीन कास्य, नेपाल पुलिसले १ स्वर्ण, प्रदेश नम्बर १ ले ३ कास्य प्राप्त गरेको छ भने आयोजक गण्डकी प्रदेशले १ कास्य प्राप्त गरिसकेको छ ।

प्रतियोगितामा कुल ३ सय ९३ स्वर्ण, ३ सय ९३ सजत र ५ सय कास्य पदकका लागि स्पर्धा हुनेछ ।

३६ खेल र २ प्रदर्शनीसहित ३८ खेल समावेश गरिएको प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय र एनआरएन गरी ११ टोली सहभागी हुँदैछन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु