adv

भिसी बेघाको स्वास्थ्य स्थितिमा सुधार हुँदै

२७ असोज, दमक ।


बेलायत सरकारले प्रदान गर्ने सर्वोच्च युद्ध बहादुरी पदक भिक्टोरिया क्रस (भिसी) प्राप्तहरु मध्येका एक मात्र जिवित भिसी क्याप्टेन रामबहादुर बेघाको स्वास्थ्य स्थितिमा सुधार आएको छ ।

बेघाको स्वास्थ्य स्थिति जटिल बनेपछि उनलाई थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल भर्ना गरी उपचार चलिरहेको छ ।

पारिवारिक स्रोतका अनुसार ८८ वर्षीय बेघाको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको छ । उपचारका क्रममा आइतबार मुटुको भल्ब जोड्ने तयारी गरिएको छ । यससँगै डायलसिस प्रक्रिया थालिने बताइएको छ ।

यसअघि दमककै एक अस्पतालमा केही दिन भिसी बेघाको उपचार गरिएको थियो । मृगौला र मुटु सम्बन्धि समस्याका कारण केही समययता भिसी बेघा उपचाररत छन् ।

बृटिस गोर्खा वेल्फेयर ट्रस्ट दमक र सशस्त्र प्रहरीको सहयोग र समन्वयमा हेलिकप्टर चार्टर गरी उनलाई बुधबार मेडसिटी अस्पताल पुर्याइएको थियो ।

बेघाका चार छोरा मध्ये एक जनाको निधन भइसकेको छ भने हाल दुई छोरासहित नाति, नातिनाहरु समेत उनको उपचारका लागि काठमाडौंमा रहेका बताइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु