adv

शताब्दी पुरुष जोशीको निधनको शोकमा सार्वजनिक विदा

१ कार्तिक, दमक ।


नेपाल सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा आज मंगलबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले हिजो सोमबार विज्ञप्ति जारी गरेर शताब्दी पुरुष जोशीको निधनको शोकमा सार्वजनिक विदा घोषणा गरेको हो ।

सरकारले देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा कार्तिक १ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत अवस्थामा निधन भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु