२ कार्तिक, ताप्लेजुङ ।

ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ याम्फेवा खोला नजिकै भएको ट्र्याक्टर दुर्घटनामा ४ जनाको ज्यान गएको छ ।
मंगलबार राति भएको दुर्घटनामा परि चालक मैवाखोला वडा नम्बर–५ काम्सङका ३१ वर्षीय पासाङ शेर्पा, ट्र्याक्टररमा सवार २४ वर्षीय फुर्वा शेर्पा, मैवाखोला–४ ओदककी २२ वर्षीया शर्मिला शेर्पा र १७ वर्षीया लाकी शेर्पाको ज्यान गएको हो ।
ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कैलाश राईले घटनाको पुष्टि गरेको छन् ।
सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटना मंगलबार राति साढे १२ बजेतिर भएको बताइएको छ ।
मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले ताप्लिङ खोल्सामा ट्«याक्टर पल्टिएको जानकारी दिएका छन् ।

