२ कार्तिक, दमक ।

नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनबाट महासचिव पदमा पुनः नेत्रविक्रम चन्द (विप्लव) चयन भएका छन् ।
पार्टीको गत असोज २५ गतेदेखि कपिलवस्तुस्थित शिवगढीमा जारी महाधिवेशनले विप्लवलाई पुनः सर्वसम्मत रूपमा महासचिव चयन गरेको हो ।
कपिलवस्तुमा भएको महाधिवेशनबाट महासचिवमा विप्लव चयन भएको नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिएका हुन् ।
महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति सदस्य चयन गरेको बताइएको छ ।

