११ कार्तिक, दमक ।

सुरभि कला केन्द्र दमक ५ ले नेपाली सुगम संगीतका २ जना वरिष्ठ संगीतकारलाई सुरभी सम्मान प्रदान गर्ने भएको छ ।
आगामी कार्तिक २० गते आइतबार आयोजना हुने ‘सुरभी संगीत’ नामक विशेष संगीतिक समारोहका नेपाली सुगम संगीतको श्रीवृद्धिमा योगदान गरेवापत कर्म योञ्जन र मणिकमल क्षेत्रीलाई भारू २५ हजार नगदसहित सम्मान प्रदान गर्न लागिएको सुरभी कला केन्द्रले जनाएको हो ।
सुरभीको आयोजना साथै भुटानी शरणार्थी शिविर व्यवस्थापन समिति र भुटनिज रिफ्युजी वुमन फोरम (विआरडब्लुएफ) को संयोजकत्वमा आगामी कार्तिक २० गते आइतबार बेलडाँगीस्थित गुम्बा परिसरमा हुने सांगीतिक समारोहका बीच एक समयका चर्चित गायक सुरेश कुमारले विशेष प्रस्तुति दिने सुरभीका संगीत प्रशिक्षक अनिल फागोले जानकारी दिएका छन् ।
सो कार्यक्रममा भारतको चर्चित रियालिटी शो सारेगमपमा टप ११ मा पुग्न सफल सुरभिका विद्याार्थी मेनुका पौडेललगायत गायकगायिकाहरु उज्जवल सागर, ताया राई, युसन राई, पुष्प राई र अनिल फागोले पनि सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।
समास फाउण्डेसन र कदम थिएटर दमकको विशेष सहयोगमा सम्पन्न हुने सो सांगीतिक कार्यक्रमका लागि प्रवेश निःशुल्क गरिएको बताइएको छ ।

