adv

उद्योगी बचाउन सके मात्रै अर्थतन्त्र सुदृढ : अशोक राई

१२ कार्तिक, धरान ।

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा सुनसरी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक राईले उद्योगीहरुलाई बचाउन सके मात्रै देशको अर्थतन्त्र सुदृढ हुने बताएका छन् ।

शनिबार धरानमा उद्योगी व्यापारीहरुसँगको छलफलमा नेकपा एमाले र जसपा नेपालका साझा उम्मेदवार समेत रहेका नेता राईले सो कुरा बताएका हुन् ।

मुलुकको औद्योगिक सुरक्षाका लागि सरकारले विशेष नीति नै बनाउनुपर्ने धारणा राख्दै पूर्वमन्त्रीसमेत रहेका राईले आगामी मंसिर ४ गतेको निर्वाचनमा आफूलाई जिताएर पठाएमा उद्योगी व्यापारीहरुकै सल्लाह र सुझाव लिएर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

नेपाली समाजमा उद्योगी व्यापारीहरुलाई नाफा कमाउने व्यक्तिका रुपमा मात्रै हेर्ने गलत प्रवृत्ति कायम रहेको भन्दै उनले २०७४ सालको निर्वाचनमा आफू पराजित भए पनि सानातिना विकासका काम गर्दै आएको जिकिर गरे ।

चुनावमा निर्वाचित नहुँदा अनुरोध गर्ने ठाउँमात्रै रहने तर निर्वाचित भए आदेश दिने ठाउँमा पुगिने भन्दै नेता राईले भने –‘अनुरोध गर्ने ठाउँमा कम मात्रै काम गर्न सकिन्छ । यहाँहरुले जिताउनुभो भने आदेश दिने ठाउँमा पुगिन्छ । अब मलाई अनुरोध गर्ने ठाउँमा मात्रै राख्ने कि आदेश दिने ठाउँमा पुर्याउने त्यो यहाँहरुकै हातमा छ ।’

ताप्लेजुङका व्यापारीहरुले १४ घन्टा लगाएर बिर्तामोडबाट सामान ढुवानी गर्ने गरेको उदाहरण दिँदै राईले तमोर करिडोर सडक निर्माण पूरा भए धरानदेखि ७ घन्टामै ताप्लेजुङ पुग्न सकिने सुझाए ।

करिडोर सडक निर्माण सम्पन्न गर्न सके धरानको आर्थिक कारोबारमा बृद्धि हुने उनको भनाइ छ ।

धरान, बराहक्षेत्र र रामधुनीका धार्मिक पर्यटकीय स्थलहरुलाई जोड्ने गरी चक्रपथ निर्माण गर्नुपर्ने, धरानमा १ हजार जना मानिस अटाउने आधुनिक सभागृह निर्माण गर्नुपर्ने, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नमूना अस्पताल बनाउन सक्षम, इमान्दार र त्यो संस्थालाई माया गर्ने भिसी ल्याउनुपर्नेमा राईले जोड दिए ।

कार्यक्रममा सुनसरी–१ का प्रदेशसभा तर्पmका एमाले–जसपाका साझा उम्मेदवार रमेश बस्नेत र विजय राई, जसपाका प्रदेशसभा समानुपातिक उम्मेदवार भीम राई, एमालेका प्रदेशसभा समानुपातिक उम्मेदवार लहरु जिमीका साथै प्रदेश १ का सभामुख तथा एमाले नेता प्रदीप भन्डारी, एमाले केन्द्रीय सदस्य मन्जु भन्डारी, एमाले प्रदेश १ कमिटी सदस्य मुरारी सुवेदी, जसपा राजनीतिक समिति सदस्य दीपक मेन्याङबोलगायत नेताहरु पनि सहभागी थिए ।

कार्यक्रममा उद्योगी व्यापारीहरुले आप्mनो क्षेत्रका समस्याहरु राख्दै निर्वाचित भएपछि ती समस्या समाधान गर्न आग्रह गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु