adv

चतुरे गोलकपः सिक्तेम्बा ए, इभाङ ३ र पावा क्वाटरफाइनल प्रवेश

सजन राई, माङसेबुङ । माङसेबुङ ३ चतुरे गोलकपको आइतबार भएको तीन वटा खेलमा पावा ए, सिक्तेम्बा ए र इभाङ ३ क्वाटरफाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताको पहिलो खेल अन्तर्गत सिक्तेम्बा ए ले नाचुहाङ फुटबल टिम खलङगेलाई ४ सुन्यको फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । सिक्तेम्बा ए को तर्फबाट सन्ता लावती र रन्दिप लिम्बुले समान २–२ गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत आइतबार भएको दोस्रो खेलमा इभाङ ३ ले सिक्तेम्बा भेट्रानलाई ट्राइबेकरमा ३ का विरुद्ध ४ गोल गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । पहिलो हाफको ९औं मिनेटमा इभाङ ३ ले पाएको कर्नलबललाई मनोज बेघाले सदुपयोग गर्दै गोल गरेका थिए । इभाङ ३ ले अग्रता भने कायम राख्न सकेन । खेलको २३औं मिनेटमा इभाङका डिफेन्सलाइन क्लियर हुन नसक्नुको फाइदा उठाउँदै सिक्तेम्बा भेट्रानका भविन्द्र लावतीले गोल गर्दै नतिजा बराबरी बनाएका थिए । पहिलो हाफमा दुबै टिमले १–१ गोल गर्दै नतिजा बराबरी बनाएका थिए ।

दोस्रो हाफको १३औं मिनेटमा इभाङका मनोज बेघाले पुनः अर्को गोल गर्दै टिमलाई अग्रता दिलाए । सिक्तोम्बा भेट्रानले खेलको २०औं मिनेटमा पेनाल्टी पाएको थियो । आशिष राईले प्रहार गरेका पेनाल्टी इभाङका गोलरक्षक निकेश कार्कीले बचाउ गर्दा रिबाउन्ड भएको थियो । रिबान्ड बललाई सिक्तेम्बा भेट्रानका भविन्द्र लावतीले सहजै गोल गरी टिमलाई पुनः बराबरीमा ल्याएका थिए । निर्धारित समयमा दुबै टिमबाट २–२ गोलको बराबरी भए पछि खेल सिधै ट्राइबेकरमा धकेलिएको थियो ।

तेस्रो खेल अन्तर्गत दानाबारी चेप्टी उपस्थित नभए पछि पावा ए ले नेटबल हानेका थिए । नेटबल हान्दै पावा ए क्वाटरफाइनल प्रवेश गरेको छ ।

२०७९ को शुभदिपावलीको अवसरमा ‘माङसेबुङ–३ चतुरे गोलकप’ फुटबल प्रतियोगिता आयोजक समितिले आयोजना गरेको प्रतियोगितामा इलाम र पाँचथरका २८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको फाइनल कात्तिक १८ गते हुनेछ । प्रतियोगिताका विजेताले नगद ५० हजार ७९ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेताले नगद ३० हजार ७९ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु