शिला राई, माङसेबुङ । महागुरु फाल्गुनन्द जन्म जयन्तीको अवसरमा माङमालुङ गोल्डकप हुने भएको छ । माङसेबुङ ६ र २ को संगमस्थल डोलटार खेलमैदानमा यहि कार्तिक १६ गते देखि गोल्डकप सुरु हुने आयोजक समितिले जानकारी दिएका छन् ।
प्रतियोगिताको विजेता टिमले नगद ५० हजार ९१ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन् भने उपविजेताले नगद २५ हजार ९१ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण पत्र पाउनेछन् ।
प्रतियोगिता ९–९ जनाका हुनेछ भने, प्रवेश शुल्क तीन हजार पाँच सय ५५ रुपैयाँ लाग्नेछ । प्रतियोगितामा लाग्ने रकमका लागि स्रोतहरुको व्यवस्थापन भइरहेको साथै सहयोगीदाताहरुको सहयोगबाट नै प्रतियोगिता सम्पन्न गर्ने माङमालुङ गोलकप आयोजक समितिका कोषाध्यक्ष सन्त मुकारुङले बताए ।


