१४ कार्तिक, दमक ।
भारतको गुजरात राज्यस्थित मोरबी सहरको एउटा झोलुङ्गे पुल खस्दा १ सय भन्दा बढी मानिसको मृत्यु भएको खबर छ ।
भारतीय गृह मन्त्रालयले पुष्टि गरेको घटनामा पुल खसेपछि मच्छू नदीमा बगेर मानिसहरुको मृत्यु भएको बताइएको छ ।
बिबिसीलगायत भारतीय सन्चार माध्यमहरुले जनाए अनुसार भारतीय समय अनुसार आइतबार साँझ ६:३० बजेको समयमा सो घटना भएको हो ।
अंग्रेजको पालामा करिब डेढ सय वर्ष अघि निर्माण गरिएको पुल गत ६ महिनादेखि मर्मत सम्भारका लागि बन्द गरिएको थियो ।
हालसालै मात्र पुलमा मानिसहरुलाई आवत जावत गर्न दिइएको समाचारहरुमा जनाइएको छ ।
पुल नदीमा खस्दाको समयमा करिब ४ सय मानिस त्यहाँ रहेको बताइएको छ । ती मध्ये धेरै बालबालिका रहेको प्रत्यक्षदर्शीले भनेका छन् ।
यसैबीच सो दुर्घटनाप्रति भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले गम्व्कगम्भीर चासो गरेका छन् ।
ट्वीट गर्दै मोदीले घटनाको मिहिन अनुसन्धान गर्न र तुरुन्त राहत तथा उद्धारका काम थाल्न गुजरात राज्य सरकारलाई निर्देशन दिएका हुन् ।
मोदीले पीडितहरुलाई तत्काल सम्भव हुने सबै किसिमको सहयोग गर्न पनि भनेका छन् ।