adv

आफ्नो उम्मेद्वारी युवाहरुको साझा प्रतिनिधित्व : स्वतन्त्र उम्मेद्वार बज्रचार्य

१८ कार्तिक, दमक ।


झापा ५ प्रदेश सभा (२) का स्वतन्त्र उम्मेद्वार धिरज बज्रचार्यले आफ्नो उम्मेद्वारी देशलाई र स्थानीय ठाउँलाई माया गर्ने युवाहरुको साझा प्रतिनिधित्व रहेको दावी गरेका छन् ।

बुधबार पत्रमार मञ्च दमकमा पत्रकार भेटघाट आयोजना गरेर उम्मेद्वार बज्रचार्यले देशको विकास, सुशासन, युवा पुस्तालाई रोजगारी सिर्जना जस्ता एजेण्डाका साथ आफू मतदातामाझ पुगिरहेको उनको भनाइ छ ।

स्वतन्त्र उम्मेद्वारका रूपमा जनतामाझ जाँदा कस्तो प्रतिक्रिया पाउनु भयो त ? भनेर सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा बज्रचायले भने –‘युवा, बृद्ध सबै उमेरका मानिसहरुसँग भेट गरेको छु । सामान्य भन्दा सामान्य काम गर्न (सेवा लिन) पनि राजनीतिक पहुँच र प्रभावमा मात्रै सम्भव हुने कुराले चरम निरासा पाएको छु ।’

स्थानीय तह निर्वाचनमा स्वतन्त्रतर्फका उम्मेद्वारहरु हर्क साम्पाङ र बालेन्द्र साहहरुले निर्वाचन जितिसकेपछि आफूलाई पनि स्वतन्त्र किसिमले नै जनताको सेवा गर्न पनि चुनाव जित्न सकिने रहेछ भन्ने लागेको उनको भनाइ छ ।

‘राजनीतिक दल र दलका उम्मेद्वारका बारे कुनै प्रकारको टिप्पणी गर्नु छैन । यति हो उनीहरु पुराना भए र जनताका समस्या समाधान गर्न असफल भए । त्यसैले स्वतन्त्रतर्फबाट जनताले विकल्प खोजेका छन्’, बज्रचार्य भन्छन् ।

धिरजको चुनावी अभियानमा सघाइरहेकी खुश्बु थापाले स्वतन्त्र उम्मेद्वारको चुनावी प्रचारमा सामाजिक सञ्जाल फेसबुकले कडाइ गरेको दुखेसो पोखिन् ।

उनी भन्छिन् –‘यहि क्षेत्रका अन्य दलका उम्मेद्वारहरुको डिजिटल फम्र्याटका प्रचारहरु धेरै छन् । तर हामीले पोष्ट गरेका कतिपय भिडियो, फोटोसमेत हटाइने गरेको छ ।’

धिरजले आफूलाई चुनाव चिन्ह आँखी झ्यालमा मतदान गरे प्रदेश नम्बर १ को नामाकरण टुङ्गोमा पुर्याउने र दलकै तर्फबाट चुनाव जितेर जाने प्रदेश सभाका अन्य सदस्यहरुसँग पनि मिलेर प्रदेशको विकासका लागि काम गर्ने बताएका छन् ।

‘परिवर्तनका लागि पर्खिएर मात्रै नहुने रहेछ । आफैबाट थाल्नु पर्ने रहेछ । मैले गरेको त्यही हो’, धिरजले आफ्नो उम्मेद्वारीलाई पुष्टि गर्दै तर्क गरे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु