adv

चतुरे गोलकपको उपाधि आयोजक टिमलाई

इलाम : इलामको माङ्सेबुङ ३ स्थित चतुरेमा संचालित ‘माङसेबुङ-३ चतुरे गोलकप’ खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक टिमले चुमेको छ ।

शुक्रबार भएको फाइनलमा पीवाई फुटबल क्लब चिबुवा माङसेबुङ ३ विरुद्ध २-० गोल अन्तरको जित निकाल्दै आयोजक टिमले उपाधि रक्षा गरेको हो ।

उपाधिका लागि आयोजकका स्ट्राइकर प्रविण राई नायक साबित भए । खेलको १३ औं मिनेटमा नै हेडमार्फत पहिलो गोल गरि टिमलाई अग्रता दिलाएका राइले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरी २-० को जित दिलाए ।

जितसगै आयोजक टिम माङसेबुङ-३ चतुरे गोलकप’ फुटबल प्रतियोगिता आयोजक समितिले नगद ५० हजार ७९ रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्र हात पारे ।

उपविजेता चिबुवाले नगद ३० हजार ७९ रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता विजेता टिमका प्रविन राई, उत्कृष्ट गोलरक्षक विजेता टिमकै कुमार गुरुङ, उत्कृष्ट खेलाडी उपविजेता टिमका जीवन लिम्बू र उत्कृष्ट डिफेन्डर विजेता टिमका रोशन धिमाल घोषित भए ।

२०७९ को शुभदिपावलीको अवसरमा ‘माङसेबुङ-३ चतुरे गोलकप’ फुटबल प्रतियोगिता आयोजक समितिले ६ कात्तिकदेखि संचालन गरेको प्रतियोगितामा इलाम र पाँचथरका २८ टिमको सहभागिता रहेको थियो ।

माङसेबुङ ३ चतुरे गोलकप समितिका अध्यक्ष सुनिल राईको अध्यक्षतामा तथा माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्बाङको प्रमुख आतिथ्यता रहेको कर्यक्रममा माङसेबुङ ३ का अध्यक्ष जनम खम्बु, माङसेबुङ गाउँपालिकाक प्रवक्ता सुसन रुङमाहाङ राई, कार्यपालिका सदस्य हस्तकुमार लिम्बु, जिवन ज्योति माविका प्रध्यानध्यापक मदन कुमार राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवाहाङ राई लगायतको उपस्थिति रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु