adv

एमालेभित्रै ओली हराउने अभियान छ, त्यसैले हामी जित्छौं : गठबन्धन उम्मेद्वार अधिकारी

१८ कार्तिक, दमक ।


एमालेभित्रै ‘केपी ओली हराउने र एमाले बचाउने अभियान’ चलेको झापा क्षेत्र नम्बर ५ का गठबन्धन उम्मेद्वार डा. खगेन्द्र पाण्डव अधिकारीले दावी गरेका छन् ।

अधिकारीले यस्तो अभियानका सञ्चालकहरु को को हुन् भन्ने बारे नखुलाए पनि शुक्रबार गठबन्धन दलले दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा देशैभर र खासगरी झापा क्षेत्र नम्बर ५ मा यो अभियान तिव्र बनिरहेको खुलासा गरेका हुन् ।

शुक्रबार झापाको दमकका आयोजित पत्रकार सम्मेलनमा बोल्दै गठबन्धनतर्फबाट झापा ५ का प्रतिनिधि सभा उम्मेद्वार रहेका उनले भने –‘यदि नेकपा एमालेलाई बचाउने हो भने केपी ओलीलाई हराउनु जरुरी छ भन्ने उहाँहरुको अभियान रहेछ । सबै भन्दा ससक्त अभियान यो झापा क्षेत्र नम्बर ५ मा छ ।’

एमालेकै पुराना नेता कार्यकताहरुले ‘जमिन नफेर्ने तर बाली हामी यसपाली फेर्छौं’ भनेर आफूलाई आस्वास्त पारिरहेको अधिकारीले जिकिर गरे ।

एमालेभित्र ओली हराउने अभियान नै आफ्नो जितको मुख्य आधार रहेको भन्दै उनले भने –‘५ वर्ष अघि तपाईहरुले दिनुभएको २८ हजार २ सय ९७ मत बैंक वित्तीय संस्थाहरुले मुद्दती निक्षेपमा दिने दोब्बर रकम जस्तै भएको छ । त्यो कुरा आज तपाईहरुको यो उपस्थिति र चासोले प्रष्ट हुन्छ ।’

कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सम्मिलित गठबन्धनका कारण आफूहरुको जित सुनिश्चित भइसकेको भन्दै अधिकारीले मात्र मंसिर ४ को निर्वाचन मिति पर्खनुपरेको जिकिर गरे ।

उनले गौरादहको जुरोपानी भन्दा दक्षिणको क्षेत्रलाई औद्योगीकरण गर्ने र हुलाकी राजमार्गले छोएका स्थानहरुमा जमिन महँगो हुँदै र चाप पनि बढेर गएकाले त्यसलाई औद्योगिक क्षेत्रमा विकास गर्ने योजना सुनाए ।

गौरादह भन्दा उत्तरको क्षेत्रलाई बसोबास लायक बनाउने भन्दै अधिकारीले दमक र पाडाजुङ्गी क्षेत्रमा सरकारी जमिन प्रशस्त रहेकाले मेडिकल कलेज स्थापना गर्ने बताए ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु