१९ कार्तिक, दमक ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आज शनिबार आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गर्दैछ ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को लागि जसपाले आम मतदाताबीच आफ्नो चुनावीप्रतिवद्धता सार्वजनिक गर्न लागेको हो ।
प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले दिएको जानकारी अनुसार आज दिउँसो २ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्टहोटलमा कार्यक्रम आयोजना गरी चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरिने छ ।
चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रममा सहभागी हुन जसपा अध्यक्ष उपेन्द्र यादव आफ्नो निर्वाचन क्षेत्र सप्तरी २ कोचुनावी अभियानका बीच आजै काठमाडौं पुगेका छन् ।
उम्मेद्वारका रूपमा चुनावी मैदानमा रहेका अन्य शीर्ष नेताहरु भने कार्यक्रममा सहभागी हुने सम्भावना नरहेको जसपा उच्च स्रोतलेजनाएको छ ।
एक केन्द्रीय नेताका अनुसार अन्य दलहरुले जस्तो सस्तो लोकपृयताका लागि पूरा हुन र गर्न नसकिने कुरा र बाचा प्रतिवद्धता पत्रमा समावेश गरिएको छैन ।
वैकल्पिक राजनीतिक दृष्टिकोणमा आधारित र सैद्धान्तिक रूपले पृथक कार्यक्रम जसपाले प्रस्ताव गर्ने बताइएको छ ।



