२२ कार्तिक, दमक ।

सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले गठबन्धनका उम्मेद्वारहरुविरुद्ध बागी उम्मेद्वारी दर्ता गराउने र तिनका प्रस्तावक र समर्थक गरी ७४ जनालाई पार्टीबाट निष्कासन गरेको छ ।
कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका केन्द्रीय सदस्य दिनेश कोइरालासहितका नेता कार्यकर्तालाई ५ वर्षसम्मका लागि पार्टी सदस्यबाट निष्कासन गरेको हो ।
‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरूद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ’, कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले कारबाही गरेकाहरुको नामावली :
१. मीनाकुमारी गुरुङ, महाधिवेशन प्रतिनिधि एवम् नेपाल महिला संघ जिल्ला अध्यक्ष, ताप्लेजुङ
२. सन्तमान केरुङ, पूर्व गाउँपालिका अध्यक्ष, पाँचथर
३. वालानन्द दाहाल, नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष, धनकुटा
४. सुरेशकुमार पोखरेल, क्रियाशील सदस्य, झापा
५. फणिन्द्र थापा, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. २ मोरङ
६. जयराज संयोग लिम्बू, महाधिवेशन प्रतिनिधि, मोरङ
७. नन्दु सरदार, क्रियाशील सदस्य, मोरङ
८. गोपाल रेग्मी, क्रियाशील सदस्य, मोरङ्ग
९. जनार्द्धन निरौला, महाधिवेशन प्रतिनिधि, मोरङ
१०. रोहित सुब्बा, महाधिवेशन प्रतिनिधि, सुनसरी
११. प्रेम भट्टराई, महाधिवेशन प्रतिनिधि, सुनसरी
१२ दिपेन्द्र घिमिरे, इटहरी उपमनपा वडा नं. २ का वडा सभापति, सुनसरी
१३. प्रदिप चौधरी, जिल्ला कार्य समिति सदस्य, सुनसरी
१४. धर्मराज पोखरेल, महाधिवेशन प्रतिनिधि एवम् पूर्व जिल्ला उपसभापति खोटाङ
१५. हेमराज तातेड, महाधिवेशन प्रतिनिधि एवम् पूर्व केन्द्रीय सदस्य, सप्तरी
१६. रामलगन साह, सप्तरी
१७ विजेता झा, धनुषा
१८. हरिशंकर साह, क्षेत्रीय सभापति क्षेत्र नं. ३, धनुषा
१९. सन्तोष यादव, धनुषा
२०. अमरेशकुमार सिंह, पूर्व सांसद, सर्लाही
२१. रोशन यादव, महाधिवेशन प्रतिनिधि, बारा
२२. अरुण ज्ञवाली, महाधिवेशन प्रतिनिधि, बारा
२३. प्रभु पटेल, महाधिवेशन प्रतिनिधि, बारा
२४. अजयकुमार द्विवेदी, पूर्व जिल्ला सभापति, पर्सा
२५. सुधिर पटेल, क्रियाशील सदस्य, पर्सा
२६. चन्द्रकिशोर चौधरी, क्षेत्रीय प्रतिनिधि, पर्सा
२७. लिलाबहादुर न्यौपाने, क्षेत्रीय प्रतिनिधि, रसुवा
२८. शारदाकुमार (सरोज) न्यौपाने, क्रियाशील सदस्य, रसुवा
२९. टिकाप्रसाद काप्री, क्षेत्रीय प्रतिनिधि, धादिङ
३०. श्रीकृष्ण जोशी, गोकर्णेश्वर नगर सभापति, काठमाडौं
३१. दिपेन्द्र लामा, काठमाडौं ३ (क)
३२. मोहन खड्का, काठमाडौं ५ (क)
३३. भरत विडारी, महाधिवेशन प्रतिनिधि, काठमाडौं
३४. बलाराम थापा, क्रियाशील सदस्य, काठमाडौं
३५ जयराम कार्की, जिल्ला सदस्य, काठमाडौं
३६. गोविन्द घिमिरे, क्षेत्रीय प्रतिनिधि, ललितपुर
३७. दिपेश के. सी., क्रियाशील सदस्य, ललितपुर
३८. गंगाराम रिजाल, क्षेत्रीय प्रतिनिधि, ललितपुर
३९. रामकुमार जिसी, सुनकोशी गापा वडा नं. ३ का इकाइ सभापति, सिन्धुपाल्चोक
४०. भक्तबहादुर भण्डारी, सिन्धुपाल्चोक १ (ख)
४१. बद्री चौलागाई, पूर्व क्षेत्रीय सभापति, क्षेत्र नं. २ सिन्धुपाल्चोक
४२. दिनेश कोइराला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
४३. तारा पौडेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. ३ चितवन
४४. महादेव गुरुङ, महाधिवेशन प्रतिनिधि, कास्की
४५. चित्रध्वज जि.सी., क्रियाशील सदस्य, नवलपुर
४६. नरवहादुर गुरुङ, पूर्व क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. २ वाग्लुङ
४७. ललित गुरुङ, जिल्ला कार्य समिति सदस्य, नेपाली कांग्रेस कपिलवस्तु
४८. ध्रुव पुन (दुत कुमार), महाधिवेशन प्रतिनिधि, रुकुम पूर्व
४९. सुवास पोखरेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. १ वर्दिया
५०. कृष्ण ढुंगाना, पूर्व गाउँ कार्य सभापति, नवलपरासी
५१. राजेन्द्रबहादुर शाह, महाधिवेशन प्रतिनिधि एवम् पूर्व राज्य मन्त्री, सल्यान
५२. देवेन्द्र शाही, जुम्ला
५३. धनबहादुर बस्नेत, जुम्ला
५४. तारक के.सी., नेपाल विद्याथी संघ पूर्व केन्द्रीय सदस्य, रुकुम पश्चिम
५५. हर्कजंग बहादुर सिंह, पूर्व जिल्ला पार्टी सभापति, बझाङ
५६. गणेश भण्डारी, बझाङ
५७. नरेन्द्रबहादुर खड्का, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. १ डोटी
५८. राजन कुँवर, अछाम
५९. चन्द्रप्रसाद ढुंगाना, अछाम
६०. नृप विष्ट, नगर सचिव कमलबजार नगरपालिका, अछाम
६१. केशवबहादुर चन्द, वैतडी
६२. हरिमोहन भण्डारी, वैतडी
६३. गिरीराज पाण्डे, कञ्चनपुर
६४. दिपकबहादुर सिंह, कञ्चनपुर
६५. गोपालसिंह बुढा, कञ्चनपुर
६६. पिताम्वर जोशी, प्रदेश प्रतिनिधि, कञ्चनपुर
६७. शारदा चन्द, महाधिवेशन प्रतिनिधि, कञ्चनपुर
६८. दुर्गादत्त पाण्डे, कञ्चनपुर
६९. मदन नेपाल, कञ्चनपुर
७०. भरतकुमार शाही, कैलाली
७१. गोविन्दराज जोशी, पूर्व जिल्ला सभापति, कैलाली
७२. लक्ष्मण शाही, महाधिवेशन प्रतिनिधि, कैलाली
७३. क्षितिज भण्डारी महासमिति सदस्य, कैलाली
७४. विजयकुमार बस्नेत, पूर्व जिल्ला सदस्य, काठमाडौं

