adv

एस.एफ.सी माङ्सेबुङ अठासी गोल्डकपको अन्तिम चारमा

२२ कार्तिक, माङसेबुङ ।


एस.एफ.सी माङ्सेबुङ इलाम निङबोदेन खेलमैदानमा जारी प्रथम अठासी गोल्डकपको सेमिफाइनलमा ले प्रवेश गरेको छ ।

मंगलबार माङसेबुङ ५, मझुवास्थित निङबोदेन खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा लक्ष्मिडाप स्पोर्टिङ युथ क्लब अर्जुनधारा झापालाई ४–० गोल अन्तरले पराजित गर्दै एस.एफ.सी माङ्सेबुङ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको १३८ औँ जन्मजयन्तीको अवसरमा नाम्बिन लालिगुराँस क्लबले आयोजना गरेको अठासी गोल्डकपको भोलि (बुधबार) हुने पहिलो सेमिफाइनल खेलमा एम.एफ.सी महमाई र अठासी ११ सेतोबीच प्रतिस्पर्धा हुनेछ ।

अठासी गोल्डकप प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख १ सय १ रूपैयाँ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउने छन् भने दोस्रो हुने टोलीले नगद ५० हजार १ सय १ रुपैया पाउनेछन् ।

प्रतियोगिताअन्तर्गत सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट टिम कोचले समान नगद ३ हजार पुरस्कार पाउने छन् भने सबै खेलका मेन अफ द म्याच हुने खेलाडीलाई नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल खेल महागुरु फाल्गुनन्दको जन्मदिन अर्थात कार्तिक २५ गते सम्पन्न हुने क्लबका अध्यक्ष गजिन्द्र योङहाङले जानकारी दिएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु