adv

डोटीमा गएरातिको भूकम्पमा परि ६ जनाको मृत्यु, ५ जना घाइते

कार्तिक २३, काठमाडौं ।


डोटी केन्द्रविन्दु भएर गए राति गएको भूकम्पका कारण च्यापिएर ६ जनाको मृत्यु भएको छ ।

डोटीको पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले दिएको जानकारी अनुसार मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा रहेका छन् ।

पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका ३ सहित ६ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

भूकम्पका कारण थप ५ जना जना घाइते भएका र उपचारका लागि उनीहरुलाई अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसअघि राति ९ बजेर ७ मिनेटमा पनि दिपायल केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि पटक–पटक झट्का महसुस भएको थियो । भूकम्पको झट्का बझाङ, कैलाली, कञ्चनपुर, बाँके, रुकुम पश्चिममा समेत महसुस भएको थियो ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली राति नै घटनास्थल पुगेर काम गरेको थियो ।

स्थानीयका अनुसार पुराना कच्ची घरहरु भत्किएका छन् । राति सुतेको समयमा भूकम्प गएकाले मानिसहरु घरभित्रै च्यापिएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु