adv

टी–२० विश्वकप क्रिकेटको उपाधि इङ्ल्याण्डलाई

२७ कार्तिक, दमक ।


पाकिस्तानलाई स्तब्ध पार्दै इङ्ल्याण्डले अष्ट्रेलियामा जारी आईसिसी टी–२० विश्वकपको उपाधि जितेको छ ।

पाकिस्तानले दिएको १ सय ३८ रनको मध्यम लक्ष्य १९ ओभरमा ५ विकेट गुमाउँदै इङ्ल्याण्डले पूरा गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । सन् २०१० पछि उसले टी–२० विश्वकपको उपाधि चुमेको यो दोस्रो पटक हो ।

इङ्ल्याण्डको जितका निम्ति बेन स्टोक्सले अर्धसतकीय पारी खेले । ४९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै स्टोक्सले ५२ रन (नटआउट) को योगदान गरेका थिए ।

इङ्ल्याण्डका लागि जोस बट्लरले २६ र ह्यारी ब्रुकले २० रनको योगदान गरेका थिए भने मोइल अलीले १२ बलमा १९ रन जोडेका थिए ।

बलिङतर्फ पाकिस्तानका ह्यारिस रउफले २ विकेट लिएका थिए ।

टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रनको मध्यम स्कोर तयार गरेको थियो ।

मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानका लागि शान मसुदले २८ बल सामना गर्दै २ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ३८ रन जोड्न सफल भएका थिए । यस्तै कप्तान बाबर आजमले ३२ रनको योगदान गरे भने टीमका लागि शादब खानले २० रन जोड्न सफल भए ।

इङ्ल्याण्डका लागि साम करनले ३ विकेट लिए भने स्पिनर आदिल राशिद र क्रिस जोर्डनले समान २ विकेट लिए भने बेन स्टोक्सले १ विकेट लिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु