-
केटोलाई २५ हजार ५ सय ५५ पुर्याइने
-
सक्रिय समावेशी पत्रकारिता पुरस्कार स्थापना
२८ कार्तिक, दमक ।

नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको .मोती पत्रकारिता पुरस्कारको राशी वृद्धि गरी १ लाख १ हजार १ सय ११ रुपैयाँ पुर्याइने भएको छ ।
महासंघ कार्तिक २५ गते सम्पन्न वार्षिक साधारण सभाको बन्दसत्रले यस्तो निर्णय गरेको हो ।
सो पुरस्कारको लागि स्थापित अक्षयकोषको रकम वृद्धि गरी ५ लाख रूपैयाँ पुर्याउने प्रस्ताव साधारणसभाको बन्दसत्रले पारित गरेको अध्यक्ष एकराज गिरीले जानकारी दिए । सो राशी बराबरको पुरस्कार महासंघको आगामी जिल्ला शाखा अधिवेशनमा वितरण हुनेछ ।
१ लाख रूपैयाँ अक्षयकोषबाट थाल्दा सो पुरस्कारको राशी १ हजार रूपैयाँ थियो । २०७० सालबाट पुरस्कार राशी वृद्धि गरी ५१ हजार पुर्याइएको थियो ।
कोषको ब्याजले पुरस्कारको राशी नधान्ने अवस्था आएपछि अक्षयकोष वृद्धि गरिने प्रस्तावसहित सचिव डिकेश लामाले साधारणसभामा पेश गरेका थिए । त्यस्तै महासंघले स्थापना गरेको केटो पत्रकारिता पुरस्कारको राशी वृद्धि गरी २५ हजार ५ सय ५५ पुर्याउने समेत प्रस्ताव पारित भएको छ ।
बन्दसत्रले कोष वृद्धिपछि सोही कोषमार्फत वितरण हुने गरी २५ हजार ५ सय ५५ राशीकै सक्रिय समावेशी पत्रकारिता पुरस्कार प्रदान गर्ने समेत निर्णय गरेको छ ।
महासंघ झापा शाखाले नेपाली पत्रकारिताको सुरुवातकर्ता मोतीराम भट्टको स्मृतिमा ‘मोती पत्रकारिता पुरस्कार’ स्थापना गरेर अधिवेशनको दिन प्रदान गरिँदै आएको छ ।
महासंघ झापा शाखाका तत्कालीन निवर्तमान सभापति गोविन्दचन्द क्षेत्री र तत्कालीन सभापति केशव आचार्यको अगुवाईमा स्थापित उक्त पुरस्कार वितरणका लागि महासंघले १ लाख रूपैयाँको अक्षयकोष स्थापना गरेको थियो ।
मोती पत्रकारिता पुरस्कार हालसम्म अग्रज पत्रकारहरु नकुल काजी, डिल्लीराम निर्भिक, मदन ढकाल, डिकमान विरही, गञ्जबहादुर दाहाल र लीला बराल, चन्द्र भण्डारी र गोविन्दचन्द छेत्रीलाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखाले २०५८ सालमा स्थापना गरेको ‘केटो’ पत्रकारिता पुरस्कार महासंघको हरेक अधिवेशनमा युवा पत्रकारलाई प्रदान गरिँदै आएको छ । महासंघ झापा शाखाका तत्कालीन सभापति चिन्तामणि दाहालको कार्यकालमा झापाका जेठा सम्पादक श्यामकृष्ण उपाध्याय र पहिलो पत्रिकाको सम्मानमा ‘केटो’ पत्रकारिता पुरस्कार स्थापना गरिएको हो ।
उक्त पुरस्कार पहिलो पटक रामनाथ बाँस्कोटाको कार्यकालमा वितरण शुरु भएको हो । शुरुमा ५ सय रुपैयाँको यो पुरस्कारको राशी पछिल्लो समय १५ हजार रुपैयाँ पु¥याइएको थियो ।
सो पुरस्कारबाट पत्रकारहरु गोपाल गड्तौला, रमेश समदर्शी राई, तीर्थ सिग्देल, यादव पौडेल र दीपक अधिकारी, डिकेश लामा र गीता ढुंगाना पुरस्कृत भइसकेका छन् ।


