adv

कुटनीतिक नियोगहरुलाई निर्वाचनबारे जानकारी

२८ कार्तिक, दमक ।


नेपालस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूलाई मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ का बारेमा निर्वाचन आयोगले सोमबार जानकारी दिएको छ ।

कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूलाई निर्वाचन आयोगको कार्यालय कान्तिपथमा डाकेर आसन्न निर्वाचन बारे जानकारी गराइएको हो ।

कार्यक्रमका बीच विदेशी पाहुनाहरुलाई स्वागत गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी, भयरहित बनाउन भइरहेका तयारीहरु बारे जानकारी दिएका थिए ।

साथै उनले यस प्रयासमा अन्तर्राष्ट्रिय समुदायले पुर्याएको सहयोग र देखाएको सदायशताको प्रशंसासमेत गरे । प्रुमख आयुक्त थपलियाले भने –‘विगतका निर्वाचनहरूका अनुभवले आगामी निर्वाचनमा थप सुधार गर्नको निमित्त सहयोग पुग्ने विश्वास लिएका छौं ।’

सो कार्यक्रमका निर्वाचन आयोगका आयुक्तहरु, निर्वाचन आयोगका सचिवसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्च तहका सरकारी अधिकारीहरु सहभागी थिए ।

त्यस्तै काठमाडौंस्थित २० भन्दा बढी कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु