adv

जी–२० बैठकको पूर्वसन्ध्यामा बाइडन–सी भेट

ताइवान बारे दुवै विश्व नेताबीच कुराकानी हुँदै

२८ कार्तिक, दमक । (एजेन्सीको सहयोगमा)


भोलि मंगलबारबाट सुरु हुने जी–२० बैठकका लागि विश्व नेताहरू इन्डोनेशिया पुगेका बेला अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता हुँदैगरेको खबरले विश्वको ध्यान खिचेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी जिन पिङसँग इन्डोनेशियाको बालीमा आफ्नो पहिलो प्रत्यक्ष बैठक गर्दैछन् ।

दुई ठूला शक्तिबीचको सम्बन्धमा तिक्तता देखा परिरहेका बेला दुवै नेताले एकअर्कालाई भेटेका हुन् । यसलाई निक्कै अर्थपूर्ण भेट मानिएको छ भने विश्व चासोका रूपमा हेरिएको छ ।

भेटमा बाइडनले अमेरिका र चीनबीच सम्भावित ‘द्वन्द्व’ न्यूनीकरणको आवश्यकता औंल्याएको बताइन्छ ।

विश्लेषकहरुका अनुसार बाइडन र सी दुवैले विवादित चिनियाँ भूमि ताइवानलाई कुराकानीको प्रमुख मुद्दा बनाउनाएका छन् ।

चीन स्वशासित टापु ताइवानले आफू स्वतन्त्र मुलुक भएको जिकिर गर्छ र उसलाई अमेरिकाको पूर्ण सहयोग रहेको भनिन्छ । तर, बेइजिङले भने यो टापु आफ्नो भूभाग भएको र कुनै हालतमा छाड्न नसक्ने बताउँदै आएको छ ।

पछिल्लो समयमा ताइवानालाई लिएर दुई मुलुकबीचको कुटनीतिक सम्बन्ध चिसिएको छ । यसैबीच बाइडनले ताइवानका विषयमा दुवै समकक्षीले आ–आफ्ना रेड लाइन तय गर्ने बताएका छन् ।

दुई राष्ट्र प्रमुखबीच खुला सम्पर्क सुत्र कायम गर्न प्रतिबद्ध रहेको भन्दै बाइडनले त्यसले दुई देशलाई जलवायु परिवर्तन र असुरक्षा सहितका आपत्कालीन विश्व मुद्दामा सहकार्य गर्न सम्भव गराउने बताएका छन् ।

चिनियाँ राष्ट्रपति सीले पाँच वर्षअघि आफूहरू स्विजरल्याण्डको डाभोसमा प्रत्यक्ष भेटेपछि अनलाइन संवादहरू जारी राखेको बताएका छन् ।
उनले भनेका छन् –‘तर प्रत्यक्ष भेट्ने कुराको बेग्लै महत्त्व हुन्छ ।’

सीले बाइडनलाई भनेका छन् –‘हाल अमेरिका–चीन सम्बन्ध कठिन अवस्थामा छ र हामी यसबारे निकै चिन्तित छौँ । दुई मुख्य देशका नेताका हैसियतले हामीले सही बाटो पहिल्याउनुपर्ने छ ।’

इतिहास सबै भन्दा ठूलो पुस्तक भएको जिकिर गर्दै सीले ‘इतिहासलाई ऐनाको रूपमा हेर्नुपर्छ’ भनेका छन् ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु